INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ ।

आरोपितले उद्योगमा कार्यरत महिला कर्मचारीमाथि फागुन १५ गते दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाहरूले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अम्मरबहादुर गजमेरले महिला कर्मचारीले आफूमाथि दुर्व्यवहार गरेको भनी मल्लविरुद्ध उजुरी दिएपछि सोधपुछका लागि बोलाइएका मल्ललाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको बताउनु भयो ।

उहाँले मल्ललाई प्रमुख जिल्ला अधिकारीमार्फत सात दिन हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न म्याद लिइएको बताउनु भयो ।

अन्य

भिडियो