INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश पुष्पराज थपलियाको इजलासले सो फैसला गरेको हो । आरोपित घटनापछि हालसम्म फरार रहेकाले मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ ।

पीडित बालिकालार्ई आरोपितले ०७६ असोज २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा कात्तिक ३ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहमा कात्तिक ३ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपित फरार रहेकोले खोजतलास गरिरहेको जनाएको छ ।

अन्य

भिडियो