INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई ०७६ फागुन १० गते बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा–७ कल्याणपुरका २५ वर्षीय मो. समरुद्दिन मियाँलाई ०७७ फागुन १९ गते गिरफ्तार गरेको छ ।

घटनापछि फरार रहेका आरोपितलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ल्याएको र आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिनु भयो ।

आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०७७ माघ ९ गते दर्ता गरेको थियो ।

खडक नपा–६ स्थित पूर्व–पश्चिम राजमार्गदेखि उत्तर कल्याणपुर–गाइघाट जाने उत्तर–दक्षिण सडकको पूर्वतर्फ रहेको आँपको बगैँचामा ०७६ फागुन १० आरोपितले बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा माघ ९ गते गरिएको छ ।

अन्य

भिडियो