१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ ।
पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन १५ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा फागुन १६ गते गरिएको छ । घटनाको जानकारी हुनासाथ विराटनगर प्रहरीको सहयोगमा आरोपितलाई फागुन १४ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भएको छ ।