INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कारको झुठा उजुरी दिनेलाई कैद र जरिबानाको फैसला

राम्रो बोल्न नसक्ने ३१ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा उनकी आमालाई फागुन १४ गते एक महिना कैद सजायको फैसला भएको छ ।

न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले उजुरी विपरित बयान दिई होस्टाइल हुने जाहेरवालीलाई एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला गरेको हो ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको खडग नपा–५ स्थित बगैँचामा ०७६ जेठ २० गते घाँस काटन गएका बेला खडक नपा–४ का ४६ वर्षीय मुस्तकिम मियाँले समातेर मुख थुनी बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७६ असार २ गते उजुरी दिएकी थिइन् ।

घरपरिवारमा जानकारी नदिएकी पीडितले घटनाबारे स्थानीय गाउँका महिलाहरूलाई बताएको आधारमा गाउँले महिलाहरूबाट ढिलो गरी प्रहरीलाई जानकारी भएसँगै इलाका प्रहरी कार्यालय कडरवोनाले असार ४ गते पीडितको घर पुगेर उजुरी लिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ असार ४ गते गरिएको थियो ।

आरोपितले आफ्नो फूलबारीमा अनुमति नलिई घाँस काटिरहेको देखेपछि गाली गर्दै निकालेको रिस आवेशमा झुठा उजुरी दिएको बताउँदै आएका प्रहरीले जनाएको छ ।

सप्तरी जिल्ला अदालतको आदेशमा ०७६ असार ३० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका आरोपितलाई अदालतको आदेशमा रिहा गरिएको छ ।

अन्य

भिडियो