INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुरुङगा नपा–९ का २१ वर्षीय जालो भन्ने मोहम्मद लाललाई फागुन १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा फागुन १० गते कानुन बमोजिम कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन १० गते गरिएको छ ।

अन्य

भिडियो