९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बाँके कोहलपुर घर भएका जुम्लाको गुठीचौर गाउँपालिका– ३ गज्यांकोटमा ट्याक्टर चलाउँदै आएका ४७ वर्षीय नारायण प्रसाद थारू विरूद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा फागन ११ गते उजुरी दिएका छन ।
आरोपितले फागुन १० गते साँझ बालिकाको घरमै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोपपछि प्रहरीले सोहि दिन आरोपितलाई घटना स्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधबप्रसाद काफ्लेले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको प्रहरीले जनाएको छ ।