डेरामा बस्दैआएकी १७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–३ भाँसीका ४८ वर्षीय पुष्पराज जोशीलाई माघ १४ गते गिरफ्तार गरेको छ ।
०७७ माघ १२ गते घरमा कोई नभएको मौका छोपेर आफूलाई बलात्कार प्रयास गरेको भन्दै पीडित बालिकाले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर राजेश शाहीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १३ गते महाकाली अस्पतालमा गरिएको प्रहरीले जनायो ।