INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते  प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।

पीडित महिलाले ०७७ माघ १ गते बलात्कार गरेको भन्दै आरोपित बोहोराविरुद्ध माघ २ गते भक्तपुरको महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

ठिमी प्रहरीले वडाध्यक्ष बोहरालाई गिरफ्तार गरिदिन रामेछाप प्रहरीलाई पत्राचार गरेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नवराज ढुङ्गानाले बताउनुभयो ।

आरोपितलाई अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी पठाइएको डिएसपी ढुङ्गानाले जानकारी दिनुभयो । पीडित महिलाको माघ २ गते काठमाडौं मेडिकल कलेज दुवाकोटमा स्वास्थय परीक्षण गरिएको  थियो ।

अन्य

भिडियो