१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शिवसताक्षी नगरपालिका–२ का ६२ वर्षीय छत्रमणि पौडेललाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश टिकाराम आचार्यको माघ ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी १० हजार रुपियाँ क्षतिपूर्ति भराउन र पाँच हजार रुपियाँ जरिबाना असुल गर्न आदेश भएको छ ।
आरोपितले पीडित बालिकालाई ०७७ जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २२ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले जेठ २० गते गिरफ्तार गरी जिल्ला अदालतमा असार ७ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०७७ असार ८ गतेको आदेशमा आरोपित ७५ हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा जेठ २५ गते गरिएको थियो ।