INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मकवानपुरगढी गाउँपालिका–२ की ४६ वर्षीया श्रीमाया गोलेको हत्या गरेको आरोपमा प्रहरीले माघ ५ गते  श्रीमायाका पति ४६ वर्षिय देवराज गोलेलाई गिरफ्तार गरेको छ ।

श्रीमाया गोले घरमै मृत अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानको क्रममा उनका पतिको संलग्नता देखिएकोले गिरफ्तार गरी थप अनुसन्धान सुरु गरेको प्रहरी जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।

पीडित महिलाको माइती पक्षले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएको डिएसपी रानाले जानकारी दिनु भयो ।

शवको पोष्टमार्टम माघ ५ गते हेटौँडा अस्पताल हेटौँडामा गरिएको छ ।

अन्य

भिडियो