२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–३ सावाँकटरेका ६० वर्षीय मानबहादुर मगरलाई पुस २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोविन्द शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २६ गते गरिएको छ ।