इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले हिंसा पीडित बालक र तीन महिलालाई न्यायिक प्रक्रियामा जान कानुनी उपचारका लागि पुस ६ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
घरेलु हिंसा पीडित वीरेन्द्रनगर नपा–४ का १८ वर्षीय संजोग सार्की, लेकवेसी नपा–१ की २२ वर्षीया भावना कठायत, दैलेख अठविस नगरपालिका-१ की २८ वर्षीया रीता विक र पञ्चपुरी नपा–९ की ३१ वर्षीया दिपा बुढालाई जनही दश हजारका दरले सहयोग प्रदान गरिएको हो ।

इन्सेक सुर्खेतद्वारा गठित मानव अधिकार सहायता कक्षमा परेको निवेदनपछि सहायता कक्षले पुस ४ गते गरेको सिफारिसको आधारमा उनीहरूलाई सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टीका विष्टले बताउनु भयो ।
इन्सेकद्वारा गठित मानव अधिकार समूह वीरेन्द्रनगरका अध्यक्ष लक्ष्मी शर्मा, हिंसा निगरानी समूहका अध्यक्ष गीता कोइराला र सदस्य खगीसरा वलीले हिंसा पीडितहरूलाई संयुक्त रूपमा सहयोग प्रदान गर्नु भएको थियो ।
हिंसा पीडितहरूले दिएको निवेदन अनुसार सार्की सौतेनी आमाबाट, बडुवाल र बुढा पति तथा घरपरिवारबाट हिंसामा परेका हुन् ।
इन्सेक सुर्खेतले यस अघि कर्णाली प्रदेशमा यसअघि ६ जनालाई सहयोग प्रदान गरिसकेको छ ।
