पुस १ गते ७ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ५ सय ५५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ३९ हजार ४ सय १६ जना निको भएका छन् । पुस १ गते ८ सय ४७ जना निको भएका छन् भने निको हुनेको दर ९५.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १ गतेसम्म १ हजार ७ सय ४३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ९ हजार ७ सय ५७ जना सक्रिय सङ्क्रमित रहेकामा ६ हजार ९४ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय ८९ जनाको उपचार आइसीयूमा र ५९ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने