१२ वर्षीया बालिकालाई पुस २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दर्लिङ-५ का ६४ वर्षीय दलबहादुर परियारलाई पुस २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाका आफन्तले आरोपितविरुद्ध बलात्कार आरोपमा स्थानीयले पुस २३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ परीक्षण पुस २३ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी अनिल खड्काले जानकारी दिए ।