सात वर्षीया बालिका बलात्कार गरेको कसुरमा ४३ वर्षीय बावुलाई जिल्ला अदालत दाङले २० वर्षकैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पुस १८ गते आरोपितलाई बलात्कार घटनामा दोषी ठहर गर्दै २० वर्षकैद तथा ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
अदालतले बलात्कार गरेको ठहर गर्दै १० वर्ष र नाबालिकालाई करणी गरेको ठहर गर्दै थप १० वर्षकैद गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार गम्भीर रानाले बताए ।
पीडित बालिकालाई ०७३ कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी थिइन् । आरोपितलाई कात्तिक १० गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १० गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।