अपाङ्गता भएकी ३७ वर्षीया एकल महिलालाई आठबीस नगरपालिका–१ का ३० वर्षीय नेत्रबहादुर थापाले मङ्सिर १० गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १६ गते उजुरी दिएकी छन् ।
स्वास्थ्य तन्दुरुस्त नभएका कारण घटनाका बेला प्रतिरोध गर्न नसकेको तथा घटनाका बारेमा थाहा पाएकी आठ वर्षीया छोरीलाई मार्ने धम्की दिएको पीडित महिलाको भनाइ छ ।
आरोपित ’फरार’ रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालयमा मङ्सिर १६ गते गरिएको डाक्टर निरञ्जन पन्तले जानकारी दिनुभयो ।