INSEC Online

📅 २०८३ जेष्ठ २१

कृषि विकास कार्यालयमा बम राखेको घटनाका आरोपित गिरफ्तार

कृषि विकास कार्यालयमा दुइवटा बम राखेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाइ मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

आरोपित बालकले मङ्सिर ७ गते साँझ सिमकोटमा रहेको आदित्य जनरल स्टोरमा बाल्टिन किन्न गएको पसलको सिसि टिभिले कैद गरेको फुटेजका आधारमा बालकलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका हवल्दार राजेन्द्र केसीले बताउनु भयो ।

हवलदार केसीका अनुसार ०७७ मङ्सिर ८ गते राती कृषि विकास कार्यालयको गेटमा एउटा सकेट बम र एउटा बाल्टिन बम फेला परेको थियो ।

कक्षा ८ मा अध्यनरत बालकले आफूलाई मुगु घर बताउने दुई जना व्यक्तिले बाल्टिन किन्नका लागि पठाएको बताएको हवलदार केसीको भनाई छ ।

बालकलाई बाल्टिन किन्न प्रयोग गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो