INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी  ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भइ हाल पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने २९ वर्षीय प्रकाश नेपालीलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरमा कोही नभएको बेला ललाई फकाई र डरधम्की देखाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध मङ्सिर १३ जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन पोखरा मनपा–१६ लामाचौरबाट गिरफ्तार गरी आरोपितविरुद्ध जबरजस्ती करणी शीर्षक अन्तरगत कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो