२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागचौर नगरपालिका–३ का ५४ वर्षीय कालो वलीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई दार्मा गाउँपालिका–३ मा भाँडा पसल गर्दै आएका आरोपितले आर्थिक प्रलोभनमा पारी गत असार २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १२ गते उजुरी दर्ता गरेको इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
पीडित महिलाले इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीसँग कुरा गर्दै आफूलाई पटकपटक बलात्कार गर्दै आरोपितले घटना बारे कसैलाई भनेमा मार्ने धम्की दिएकाले उजुरी गर्न ढिलाई भएको बताइन् ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।