मङ्सिर ८ गते १ हजार ९ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १० हजार ३ सय ८१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख २ हजार ६७ जना निको भएका छन् । मङ्सिर ८ गते ३ हजार ४३ जना निको भएका छन् भने निको हुनेको दर ९०.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ८ गतेसम्म १ हजार ३ सय ३७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १८ हजार ८ सय ८४ जनाको उपचार भइरहेको छ । १२ हजार २ सय ७१ जना होम आइसोलेशनमा छन् भने ३ सय ६५ जनाको उपचार आइसीयूमा र ६३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको