मङ्सिर २ गते ३ हजार १ सय १२ ओटा नमूना परीक्षण गर्दा ५ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ७९ हजार २ सय ४२ जना निको भएका छन् । मङ्सिर २ गते २ हजार ८ सय ७८ जना निको भएका छन् भने निको हुनेको दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २ गतेसम्म १ हजार २ सय ४७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३० हजार ९ सय ८६ जनाको उपचार भइरहेको छ । २८ हजार २ सय ७ जना होम आइसोलेशनमा छन् भने ३ सय १८ जनाको उपचार आइसीयूमा र ३८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने