INSEC Online

📅 २०८३ जेष्ठ २१

बलत्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले जोरायल गाउँपालिका–५ गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिँहलाई कात्तिक १७  गते  चुरे गाउँपालिका–१ कैलालीबाट  गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १३ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कार्यालय डोटीका इन्स्पेक्टर कान्तिराज जोशीले इन्सेक जिल्ला प्रतिनिधिलाई फोनबाट जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य कार्यालय डोटीमा कात्तिक १७ गते गरिएको छ ।

अन्य

भिडियो