२७ वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा प्रहरीले शारदा नगरपालिका–१ शान्तिनगरका ३२ वर्षीय शरद रेउलेलाइ कात्तिक ३ गते घटनास्थलबाटै गिरफ्तार गरेको छ ।
महिलालाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा कात्तिक ३ गते गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।
बोल्न पनि नसक्ने र प्रतिकार समेत गर्न नसक्ने अवस्थामा रहेकी ती महिला तीन वर्ष अघि बलात्कारबाट पीडित भएको महिलाका बुवाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
उहाँले भन्नुभयो, –‘पहिला पनि बलात्कारबाट जन्भिएको छोरा अहिले ढाइ वर्षको भए । बलात्कारीको अत्तोपत्तो छैन ।’