३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका-५ शिवगञ्जका ४५ वर्षीय मनोज माझीलाई ०८३ असार १३ गते गिरफ्तार गरेको छ।
महिलालाई ०८३ असार ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ११ गते इलाका प्रहरी कार्यालय विर्तामोड, अनारमनीमा उजुरी दिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल भद्रपुरमा असार ११ गते गरिएको छ।