INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य अदालत परिसरबाट पुनः गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य षडानन्द  नगरपालिका– १३ बोयाका ४५ वर्षीय देवन राज राईलाई प्रहरीले असोज २१ गते जिल्ला अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।

न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले असोज २१ गते ३० हजार रुपियाँ धरौटीमा रिहा गरे लगत्तै राईलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितविरूद्ध जिल्ला अदालतमा सङ्खुवासभामा हातहतियार तथा खरखजाना मुद्दा विचाराधीन अवस्थामा रहेको प्रहरी अभिलेख रहेकाले गिरफ्तार गरेको इन्स्पेक्टर लामाले बताउनु भयो ।

गिरफ्तारीमा परेका राईको असोज २१ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । गिरफ्तारीमा पर्नु भएका राईलाई असोज २१ गते सङ्खुवासभा पठाइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो