२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले असोज २० गते स्वर्गद्वारी नपा–४ का २९ वर्षीय दामोदर बिसीलाई सात वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले सात वर्ष कैदको फैसला गरेको जिल्ला अदालतका नासु दामोदर गौतमले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७६ भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित लाई भदौ १९ गते घरबाट गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १७ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।