INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिहरूको समूहद्वारा सञ्चारकर्मीमाथि कुटपिट

सुर्खेतस्थित प्रदेश एफएम र सार्वजनिक डटकममा कार्यरत कालिकोट महावै गाउँपालिका – ६ का २३ वर्षीय टेकराज थापालाई असोज १५ गते राती अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको छ ।

सञ्चारकर्मी थापाले आफू नियमित काम सकेर कोठामा जाँदै गरेको अवस्थामा वीरेन्द्रनगर नपा–२ स्थित रेडियो नेपाल नजीकै सात जनाको संख्यामा रहेका युवाहरूले ढुंगामुढा र मुक्का प्रहार गरी कुटपिट गरेको इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

कुटपिटबाट टाउको, ढाड र शरीरको अन्य भागमा चोट लागेकाले वीरेन्द्रनगरस्थित देउति नर्सिङ् होममा उपचार गरेको थापाको भनाई छ ।

घटनाका आरोपितको खोजी गरी आवश्यक कारबाही गरिपाउँ भन्दै पीडित थापाले असोज १६ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिनुभएको छ ।

उजुरीपछि घटनामा संलग्न समूहको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगरले बताउनुभयो ।

अन्य

भिडियो