३३ वर्षीया, २७ वर्षीया र २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ का २० वर्षीय मो.सहिद मियाँ र २५ वर्षीय मो.अस्लम मियाँलाई असोज ११ गते गिरफ्तार गरेको छ ।
पीडितहरूलाई आरोपितद्वयले ०७६ मङ्सिर ५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई १० महिनापछि विराटनगर महानगरपालिका–८ सुकुम्बासी टोलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
गिरफ्तारीमा परेका आरोपितद्वयविरूद्ध प्रहरीले ०७७ असोज १२ गते जिल्ला अदालतमा बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी राईले बताउनु भयो ।
पीडितहरूको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०७६ मङ्सिर ६ गते गरिएको थियो ।