INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–५ मालेपाटन गोलचौताराका ७८ वर्षीय एकनारायण बराललाई प्रहरीले भदौ २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७६ चैत्र १९ गते एक्लै भएको अवस्थामा दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षले इज्जत र डरको कारण घटना बाहिर आउन नसकेको तर घटना भएको करिब ६ महिनापछि भदौ २१ गते स्थानीय जनप्रतिनिधि, पीडित परिवार, आरोपितका परिवार सहित बसेको भेलामा आरोपितले गल्ती स्वीकार गर्नुभएको पीडितकी ठूलीआमाले इन्सेक प्रतिनिधीलाई बताउनुभयो ।

पीडितपक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो