२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१२ का ३५ वर्षीया लगना मल्लीकलाई पुस ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले गत मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पुस ७ गते उजुरी दिएकी थिइन् ।
पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
पीडित महिलाको स्वस्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद मुरारका अस्पतालमा पुस ७ गते गरिएको प्रहरीले जनाएको छ ।