INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उमनपा-९ का ४९ वर्षीय दिनेश पौडेललाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ ।

बालिकालाई पटक/पटक आफनै घरमा ल्याएर बलात्कार गरेको आरोपमा आरोपित पौडेललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले पुस ३ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ७ गते हेटौँडा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो