१२ वर्षीया बालिकालाई ०७५ चैत १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आबुँखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठलाई प्रहरीले ०७७ भदौ २१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७५ चैत १० गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोहि दिन इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण ०७५ चैत १० गते जिल्ला अस्पतालमा गरिएको थियो ।
पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई सोहि दिन गिरफ्तार गरी जिल्ला अदालतमा बाल यौन दुव्र्यवहार सम्बन्धी मुद्दा दर्ता गरेकोमा तनहुँ जिल्ला अदालतले ०७६ वैशाख ५ गते धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
जिल्ला अदालतले सो मुद्दा सुनुवाइको क्रममा ०७६ साउन २९ गते आरोपितलाई २ महिना ५ दिन कैद सजाय र पाँच हजार रुपियाँ जरिवाना गराउने फैसला गरेको थियो । उनी अदालतको फैसला अनुसार कैद सजाय र जरिवाना भुक्तान नगरि फरार रहेका थिए ।
विभिन्न अपराध एवमं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड तथा जरिवाना समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा प्रहरीले आरोपितलाई भदौ २१ गते बिहान गिरफतार गरेको जिल्ला प्रहरीले कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
आरोपितलाई भदौ २१ गते जिल्ला अदालत तनहुँमा पेश गरी कैद भुक्तानकोलागि कारागार पठाइएको डिएसपी तिमिल्सेनाले बताउनुभयो ।