१८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा मनपा–२० भलाम बस्ने ३५ वर्षीय गणेश खत्रीलाई प्रहरीले भदौ २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले बिहान भलाम स्थित जंगलको एकान्तबाटो हिँडिरहेको बेलामा दुर्व्यवहार गरेको आरोपमा पीडितले आरोपितविरुद्ध भदौ २० गते जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।
आरोपितलाई सोहि दिन गिरफ्तार गरी उनीविरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दामा अनुसन्धान अगाडी बढाइएको डिएसपी हमालले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।