आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा थुकिमा-४ का २० वर्षीय भाटे भनिने बुद्धवीर लिम्बूलाई पुस ५ गते जिल्ला अदालतले १० वर्षजेल सजायको फैसला गरेको छ ।
न्यायाधीश अशोककुमार बस्नेतको इजलासले पीडित बालिकालाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत फैसला गरेको अदालतका श्रेष्तेदार गोपालप्रसाद थापाले जानकारी दिए ।
पीडित बालिकालाई आरोपितले गत असार २६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई असार २८ गते नै गिरफ्तारीमा परेका लिम्बू जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामै रहेका थिए ।