INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–५ का १९ वर्षीय जिवरील राइनलाई भदौ १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित राइनले भदौ ७ गते घरबाट भगाएर बलात्कार गरेको र खोज तलासको क्रममा पीडित बालिकालाई भेटाएर कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १३ गते उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडित बालिकाकी आमाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १३ गते गरिएको छ ।

अन्य

भिडियो