INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  केन्द्रीय सदस्य सल्यान जिल्ला दार्मा गाउँपालिका–२ की ४५ वर्षीया बन्धु चन्दलाई प्रहरीले वैशाख १४ गते पुनः गिरफ्तार गरेको छ ।

सार्वजनिक कसुरमा वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेकी चन्दलाई जिल्ला प्रशासन कार्यालयले वैशाख १४ गते २ हजार रुपियाँ धरौटीमा रिहा  गर्न आदेश दिएकोमा प्रहरीले जिल्ला प्रशासन कार्यालयको गेटबाटै पुनः गिरफ्तार गरि  कपिलवस्तु पुरयाएको छ ।

०७५ फागुन ११ गते अछामबाट गिरफ्तार परेकी चन्दलाई रिहा गर्ने र पुनः गिरफ्तार गर्ने क्रममा अछाम, कैलाली, बर्दिया, बाँके हुँदै ०७६ चैत २१ गते दाङ ल्याइएको थियो । यस गिरफ्तारीसँगै चन्द आठौं पटक गिरफ्तरीमा पर्नु भएको हो ।

 

अन्य

भिडियो