INSEC Online

📅 २०८३ जेष्ठ २१

मागेर छाक टार्दै चेपाङ परिवार

बेनिघाट रोराङ गाउँपालिका६ की ३० वर्षीया सोल्टीमाया चेपाङको सात जनाको परिवार ज्याला गर्नेठाउँ नपाएपछि बिचल्लीमा परेको छ  ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको यो परिवारको मुख्य जिम्मेवारी सोल्टीमाया कै हो । उहाँको पति ६० वर्षको भइसक्नुभयो । खोरीया बारीमा बसेको चेपाङ परिवारमा केही दिनअघि दादुरा रुबेलाका कारण एउटा छोरीको ज्यान गयो । खानेकुराका लागि हरेक दिन सङ्घर्ष गर्दै आएको अवस्थामा कोरोना भाइरस (कोभिड १९) को त्रासले काम नपाएपछि गाउँ घुमेर माग्नु मात्र विकल्प भएको उहाँले बताउनु भयो ।

२१ वर्षीया सानुमायाँ चेपाङ सानो बच्चा काखमा बोकर बुमराङ गाउँमा खानेकुरा माग्दै हिडेको अवस्थामा भेटिनुभयो । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे बच्चा बोकेर गाउँमा कपडा र लुगा माग्दै हिड्नु भएकी सानुमाया भन्नुभयो काम गरेर ज्यालले परिवार पालेको थिए, अब काम गर्न नि पाइएन, बाँच्नको लागि माग्नु पर्ने अवस्था आइलाग्यो । केही दिनअघि घर आगलागी भएपछि यो परिवार झन् समस्या परेको छ । कोरोना भइरसको त्रास बढेका कारण सहयोगिहरू कोहि आएनन् उहाँले भन्नुभयो खरको छानाको घर जलेर नष्ट भयो ।

समस्या माथी समस्या आएको चेपाङ परिवारमा बाँचनका लागि हरेक दिन संघर्ष गरिरहेछ । कोरोना भाइरसको महामारीको हल्ला भएपछि काम नपाएकोले उनीहरू थोरै थोरै खोले खाएर बसिरहेको सोल्टीमायाँले बताउनु भयो ।

यो प्रतिनिधि मूलक दुई घटना हुन् । गाउँमा समेत काम नपाएपछि उनिहरू जस्तै बुमराङ, बुङपुङ तार्केटार र रोतेसमा यस किसिमका ३० परिवार चेपाङ खानेकुरा सकिएर समस्यामा परेको वडा अध्यक्ष देवकृष्ण आलेले बताउनु भयो ।

यो हालको समस्याले बढी समस्यामा परेको भएपनि खोरिया बारी अनि थोरै अन्नले परिवार पाल्दै आएको यो क्षेत्रमा २ सय २० घर चेपाङले सङ्घर्षपूर्ण तरिकाले बाँचिरहेका छन् ।

अन्य

भिडियो