१४ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका–६ धनौलीका २२ वर्षीय राजेन्द्र लोध र सोही ठाउँका २८ वर्षीय शिवराज बेल्दारलाई चैत ९ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई बुटवल उपमहानपा–६ ट्राफिकचोकमा रहेको होटल गुल्मी रामपुरमा लगेर फागुन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ९ गत भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।