धनकुटा नगरपालिका–१ की ६४ वर्षीया ज्येष्ठ नागरिक चन्द्रमाया तामाङको हत्या प्रयास गरेको आरोपमा प्रहरीले २८ वर्षीय बुहारी सोफिया राईलाई चैत ६ गते गिरफ्तार गरेको छ ।
आरोपितले चैत ६ गते खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा पत्नी विरूद्ध घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।
टाउकोमा चोट लागेकी पीडितको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।