लम्की चुहा नगरपालिका — ९ की ६२ वर्षीया धारूदेवी धामीको हत्या गरेको आरोपमा ६७ वर्षीय पति भक्तबहादुर धामीलाई प्रहरीले चैत ८ गते गिरफ्तार गरेको छ ।
पतिपत्निबीच चैत ८ गते सामान्य विवाद हुँदा पितले पत्निको टाउकोमा हतौडा प्रहार गरी घाइते बनाएको सुचना पाएपछि प्रहरीले आरोपित धामीलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय,लम्कीका सइ जनकबहादुर सिंहले बताउनु भयो ।
पतिको हतौडा प्रहारबाट गम्भिर घाइते भएकी धामीको मेडीकल कलेज कोहलपुरमा उपचारको क्रममा चैत ९ गते मुत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
घटनाका आरोपित धामीलाई गिरफ्तार गरी चैत १० गते जिल्ला अदालतबाट म्यद थप गरी अनुसन्धान भइरहेको डिएसपी बस्नेतको भनाइ छ ।
मृतको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल,धनगढीमा राखिएको प्रहरीले जनायो ।