प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले चैत्र ६ गते चैनपुर बजारबाट गिरप्तार गरेको छ ।
गिरफ्तार हुनेमा मष्टा गाउँपालीका निवासी प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष २३ वर्षीय विनोद थापा र जिल्ला सदस्य २२ वर्षीय सुरज भण्डारी रहेको इन्स्पेक्टर गणेश बमले बताउनु भयो ।
गिरफ्तारीमा परेका थापा र भण्डारी विरूद्व चैत ७ गते सार्वजनिक सम्पति तथा एनसेलको टावरमा आगजनी गरेको कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,बझाङका इन्स्पेक्टर नेत्रबहादुर बोहराले बताउनु भयो ।