जयपृथ्बी नगरपालिका –१ निवासी प्रतिबन्धित नेकपाका बझाङ् जिल्ला जनपरिषद प्रमुख ३३ वर्षीय बाजिलाल शाहीलाई थलारा गाउँपालिकास्थित भवानी माध्यमिक विद्यालयको प्रशासन कक्षबाट प्रहरीले चैत २ गते गिरप्तार गरेको छ ।
प्रतिबन्धित नेकपाका जनपरिषद प्रमुख शाहीलाई भवानी माध्यमिक विद्यालयबाट गिरफ्तार गरिएको इन्स्पेक्टर गणेश बमले बताउनु भयो ।
शाहीबाट एक थान पेस्तोल, चन्दा ठेली र ४ हजार रुपियाँ नगद सहित गिरफ्तार गरिएको इन्स्पेक्टर बमले बताउनु भयो ।
प्रहरीले शाही विरूद्व चैत ४ गते हातहतियार खरखजाना, चन्दा असूली, राज्य विरूद्वको कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर नेत्रबहादुर बोहराले बताउनु भयो ।