२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१० रामबजारका ६० वर्षीय श्रीमान गुरुङलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ४ गते इच्छाकामना गाउँपालिका–४ बाट गिरफ्तार गरेको छ ।
इच्छाकामना गाउँपालिका ४ लेवाटारको एक होटलमा चैत ३ गते बलात्कार गरेको भन्दै पीडितले चैत ४ गते इलाका प्रहरी कार्यालय मुग्लिनमा उजुरी दिनुभएको थियो । पीडितको चैत ४ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो ।