२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–७ कृष्णपुरका ३५ वर्षीय संदीप तिवारीलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ५ गते भरतपुर मनपा–१० बाट गिरफ्तार गरेको छ ।
रत्ननगर नगरपालिका–९ स्थित खेतमा आरोपितले चैत ३ गते बलात्कार गरेको भन्दै पीडितले चैत ४ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत ४ गते भरतपुर अस्पतालमा गरिएको डिएसपी कोइरालाले जानकारी दिनुभयो ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।