INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राही समस्यामा, विकासका योजना प्रभावित

जिल्लाको बुढिगंगा नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत तीन महिनादेखि नहुँदा नगर क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् ।

प्रशासकीय अधिकृत नभएकै कारण नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका अयोजनाहरू समेत प्रभाविग हुँदै आएको सरोकारवालाको गुनासो रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा समाजिक सुरक्षा भत्ता,सुत्केरी भत्ता, औषधि खरिद, विद्यालयमा पुस्तक खरिद,कर्मचारीको तलब, सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित हुनुको साथै विकासका सम्पुर्ण गतिविधिहरू थप्प भएका छन् ।

०७६ पुस महिनाको पहिलो साता निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल ठगुन्ना सरूवा भएपछि बुढिगंगा नगरपालिकाले प्रभाह गर्ने सम्पुर्ण सेवाहरू प्रभावित भएको नगरपालिकाका लेखापाल पुर्ण जैशीले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘प्रशासकीय अधिकृत नहुँदा योजनाहरूको भुक्तानि दिन सकिएको छैन् । फागुन महिना भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्नु पर्ने हो तर दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता समेत वितरण हुन सकेको छैन् । कार्यकारी आउने कुनै टुङ्गो छैन् ।’

तीन हप्ता पहिला सामान्य प्रशासन मन्त्रालयले उपसचिव खेमप्रसाद चौधरी पठाएको समाचार सुन्नमा आएको भए पनि हालसम्म नगरपालिकामा नआएको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले बताउनु भयो ।

कार्यकारी नहुँदा स्वास्थ्यका सबै गतिविधि प्रभावित भएको स्वास्थ्य संयोजक शाहको भनाइ छ ।

उहाँले भन्नु भयो – ‘औषधि खरिददेखि लिएर कर्मचारीले तलब खान पाएका छैनन् । तत्काल कुनै महामारी फैलिए पनि ब्यवस्थापन गर्न समस्या हुने भएको छ । सुत्केरी भत्ता समेत वितरण हुन सकेको छैन् ।’

सिगाडा माबिका प्रधानध्यपक बिष्णुध्वज शाहले पाठ्यपुस्तकको रकम विद्यालयलाई नपठाएकोले नयाँ शैक्षिक शत्रका लागि पाठ्यपुस्तक खरिदका लागि अन्यौल भएको बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘नगरपालिकामा कार्यकारी अधिकृत नभएकै कारण शिक्षकहरूले तलब पाउन सकेका छैनन् । योजनाहरूको भुक्तानी नहुँदा कामदारले समेत रकम पाउन सकेका छैनन् ।’

नगरपालिकामा पटकपटक कार्यकारी नबस्ने समस्या भइरहदा सम्पुर्ण विकास निर्माणमा समस्या हुँदै आएको बुढीगंगा नगरपालिका – ८ का वडा अध्यक्ष टेकबहादुर रावलले बताउनु भयो ।

जिल्ला समन्वय समितिमा पनि समन्वय अधिकारी नहुँदा कर्मचारीले तलब खान नपाएको समन्वय समितिका सभापति नरेन्द्रकुमार रोकायाले बताउनु भयो ।

बुढिगंगा नगरपालिकाका कार्यकारी अधिकृत नहुँदा नगर क्षेत्रका सम्पुर्ण विकासका योजनाहरू प्रभावित हुनुको साथै स्थानीय सेवाग्राहीलाई समेत समस्या भएको नगर प्रमुख दिपकबिक्रम शाहले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘कार्यकारी अधिकृतको व्यवस्थापन गर्र्नकै लागि काठमाडौँ मन्त्रालय धाइरहेको छु ।  एक दुई दिनमा पठाउने भनेका छन् । तर,हालसम्म पठाइएको छैन् ।’

 

 

अन्य

भिडियो