१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका – ४ का २४ वर्षीय रोशन मगरलाई चैत ३ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले फागुन १८ गते बलात्कार गरेको आरोपमा पीडितले चैत ३ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको डिएसपी धर्मराज पौडेलले बताउनुभयो ।
आरोपित र पीडितले फागुन १८ गते अन्तरजातीय विवाह गरेको र परिवारले अस्वीकार गरेपछि पीडितले उजुरी दिएको डिएसपी पौडेलले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा चैत ३ गते गरिएको छ ।