उदयपुरगढी गाँउपालिका–४ का ५४ वर्षीय जीतबहादुर पुलामी मगरलाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको उदयपुर सेक्रेटरी भएको आरोपमा फागुन २९ गते गिरफ्तार गरेको छ ।
उदयपुरगढी गाँउपालिका–७ अधेरीका चित्रबहादुर खपाङ्गी मगरको घरमा लुकिछिपी बस्ने गरेको गोप्य सूचनाका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताउनुभयो ।
खपाङ्गीको घरमा बसेर विप्लव समुहको नाममा योजना बनाएको, गतिविधि बढाएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गिरफ्तार गरेको एसपी बुढामगरले बताउनुभयो ।
०७४ सालको संसदीय निर्वाचनमा चुनाव प्रचारप्रसारका क्रममा मङ्सिर १३ गते नेपाली काँग्रेस क्षेत्र नम्बर २ का उम्मेद्ववार नारायणबहादुर कार्की लगायत ७ जनालाई लक्षित गरी उदयपुरगढी–६ दनुवारबेसी सडकमा एम्बुस थापेर अङ्गभङ्ग बनाएको आरोपमा मगरलाई गिरफ्तार गरेको एसपी बुढामगरले बताउनुभयो ।
त्यसैगरी जिल्लाका एनसेल टावर, व्यक्ति तथा कार्यालय र सडकलाई लक्षित गरी वम राखेर त्रास फैलाएका जस्ता मुद्दा आरोपितमाथि रहेको प्रहरी प्रहरीले जनाएको छ ।