प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला इन्चार्ज बन्दिपुर गाउँपालिका घर भएका ४० वर्षीय जित बहादुर पुन र तनहुँ बन्दिपुर गाउँपालिका–५ का २१ वर्षीय पर्वत बहादुर सेढाइलाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन २८ गते राति गोरखा नगरपालिका–९ लक्ष्मीबजारबाट गिरफ्तार गरेको एसपी ओम अधिकारीले बताउनुभयो ।
जित बहादुर पुनलाई सोहि दिन गोरखामा मुद्दा रहेको भन्दै तनहुँ जिल्ला अदालत परिसरबाट प्रहरीले गिरफ्तार गरेको थियो भने पर्वत बहादुर सेढाइ एक दिन अगाडि मात्रै रिहा भएका थिए ।
उनीहरु विरुद्घ सार्वजनिक शान्ति विरुद्घको कसुरमा मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।