INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण र बन्धक कसुर ठहर गर्दै पाँच वर्ष कैदको फैसला

शिशु अपहरण गरि बन्धक बनाएको ठहर गर्दै जिल्ला अदालतले फागुन २७ गते  स्याङ्जा जिल्ला गल्याङ नपा–५ की ३६ वर्षीया बिमकला पाण्डेलाई पाँच  वर्षको कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका  न्यायाधीश खड्कबहादुर केसीको  इजलासले पाँच  वर्ष कैद सहित ५० हजार रूपियाँ क्षतिपुर्ति र ५० हजार रूपियाँ जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताउनु भयो ।

आरोपितले ०७६ असार २७ गते लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अपहरण गरेर बन्धक बनाएको  आरोपमा प्रहरीले ६ असार २८ गते  आरोपितलाई गिरफ्तार गरेको थियो ।

 

अन्य

भिडियो